यसपटक भनिनन् राष्ट्रपतिले ‘मेरो सरकार !’

शुक्रबार, ०२ जेठ २०७७, १६ : ४६
यसपटक भनिनन् राष्ट्रपतिले ‘मेरो सरकार !’

काठमाडौँ । संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा यस पटक राष्ट्रपतिले मेरो सकरकार भनेकी थिइनन् । उनले गत वर्ष गरेको सम्बोधनमा मेरो सरकार भनेकी थिइन् । 

गत वर्ष संघीय संसदमा नीति तथा कार्यक्रम पेश गर्दा राष्ट्रपति भण्डारीले ‘मेरो सरकार’ उच्चारण गरेकी थिइन्।

शुक्रबार आर्थिक वर्ष २०७७ र ०७८ को नीति तथा कार्यक्रम पेश गर्दा राष्ट्रपतिले मेरो सरकार भनेकी छैनन्। उनले ‘वर्तमान सरकार’ ‘यो सरकार’ र ‘नेपाल सरकार’ भनेर सम्बोधन गरेकी छन्।

प्रतिक्रिया दिनुहोस