कोरोना परीक्षणलाई निरन्तरता दिँदै काठमाडौँ महानगर

शुक्रबार, ०२ जेठ २०७७, १६ : ०६
कोरोना परीक्षणलाई निरन्तरता दिँदै काठमाडौँ महानगर

काठमाडौँ । काठमाडौं उपत्यकामा कोभिड–१९ को संक्रमणको जोखिम  हुन नदिन काठमाडौं महानगरपालिकाले कोरोना परीक्षणलाई निरन्तरता दिएको छ ।   

बिहीबार कालिमाटी तरकारी बजार विकास समितिमा कार्यरत कर्मचारी, थोकविक्रेता, मजदुर तथा चालक गरी एक हजार ३४ को परीक्षण गरिएको थियो ।

ती मध्ये ७०० जनाको आरडीटी र्‍यापिड डाइग्नोष्टिक टेष्ट र ३३४ जनाको पीसीआर पोलिमेयर चेन रियाक्सन परीक्षण गरिएको हो । आरडीटी गरिएकामध्ये चार जनाको नतिजा पोजेटिभ देखिएको र पीसीआरको नतिजा आउन बाँकी रहेको महानगर, जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रविलास बज्राचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस