अत्यावश्यक बाहेकका सरकारी कार्यालय १५ दिन बन्द

सफल खबर संवाददाता

शुक्रबार, ०२ जेठ २०७७, १३ : ४५
अत्यावश्यक बाहेकका सरकारी कार्यालय १५ दिन बन्द

काठमाडौँ । उपत्यकका तीन वटा जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले अत्यावश्यक बाहेकका सरकारी कार्यालय १५ दिन बन्द गर्ने निर्णय गरेको छ ।

कोरोनाका जोखिम बढेपछि अत्यावश्यक बाहेकका सबै सरकारी कार्यालय बन्द गर्ने निर्णय गरिएको हो । जेठ ५ गतेबाट यो नियम लागू हुने बताइएको छ । स्वास्थ्य क्षेत्र, सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, विद्युत्, दूरसञ्चार, खानेपानी, दैनिक उपभोग्य वस्तु विक्री तथा ढुवानीसम्बन्धी कार्यालयहरु खुल्ने बताइएको छ ।   

प्रतिक्रिया दिनुहोस