नारायणी अस्पतालबाट भागे दुई जना कोरोना संक्रमित

सफल खबर संवाददाता

बुधबार, ३१ बैशाख २०७७, १६ : २८
नारायणी अस्पतालबाट भागे दुई जना कोरोना संक्रमित

वीरगञ्ज । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् ।

उनीहरुको खोजीकार्य भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

अस्पतालको आइसोलेसन कक्षबाट राजनाथ यादव र असफर हवारी भन्ने दुईजना फरार भएको अस्पताल स्रोतले जनाएको छ ।