स्वास्थ्य सामग्री खरिदमा 'शंकास्पद कागजात' बनाएको पाइयो

पत्रपत्रिकाबाट

बुधबार, ३१ बैशाख २०७७, ०७ : ५२
स्वास्थ्य सामग्री खरिदमा 'शंकास्पद कागजात' बनाएको पाइयो

फाईल फोटो

काठमाडौं । सरकारका उच्च अधिकारीको संरक्षणमा स्वास्थ्य सामग्री आपूर्ति गर्न ओम्नी समूहलाई ठेक्का दिँदा शंकास्पद कागजात प्रयोग गरेको फेला परेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिनमा प्रतिस्पर्धी कम्पनीले हुबहु मिल्ने कागजात पेस गरेको खुलेको हो ।

ओम्नी र अनिता बिजनेस हाउस प्राइभेट लिमिटेडले पेस गरेका दुई फरक कोटेसनमा अधिकांश विवरण हुबहु मिलेको छ । ती कम्पनीको दर्ता र कर चुक्ता प्रमाणपत्र पेस नगरेको, प्रतिस्पर्धी कम्पनीले ओम्नीलाई शंकास्पद रूपमा सघाएको, प्रतिनिधि उपस्थित नभई मन्त्रालयले कोटेसनको कागजात पेस गरेको भनी विवरण दिएको फेला परेको छ । यसबारे विस्तृतमा आजकाे कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस