सञ्चारकर्मीहरुको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्न माग

सफल खबर संवाददाता

मंगलबार, ३० बैशाख २०७७, २० : ५९
सञ्चारकर्मीहरुको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्न माग

फाईल फोटो

काठमाडौँ । नेपाल पत्रकार महासंघ बागमती प्रदेशले पत्रकारहरु कोरोना भाइरस (कोभिड १९) को जोखिममा रहेको भन्दै उनीहरुमा पीसीआर प्रविधिबाट कोरोना परीक्षणको व्यवस्था गर्न माग गरेको छ  ।

‘मंगलबार आम नगरिकसँगै सञ्चारकर्मीलाई पनि कोरोना संक्रमण भएको खबरले पत्रकार महासंघ बागमती प्रदेश समिति चिन्तित र दुःखीत भएको छ । उच्च जोखिममा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुको स्वास्थ्यप्रति गम्भीर हुन तीनै तहको सरकारको ध्यानाकर्षण गराउँदछौं’ विज्ञप्तिमा भनिएको छ । 

यस्तो विषम् परिस्थितीमा जोखिमा रहेका सञ्चारकर्मीहरुको पीसीआर प्रविधिबाट स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउन समेत विज्ञप्तिमार्फत माग गरिएको छ। मंगलबार प्रदेश नम्बर २ को पर्सामा २ जना पत्रकारमा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस