नव विवाहित दम्पतीले गरे भरतपुर महानगरपालिकाको कोरोना राहत कोषमा आर्थिक सहयोग

सफल खबर संवाददाता

मंगलबार, ३० बैशाख २०७७, १८ : २२
नव विवाहित दम्पतीले गरे भरतपुर महानगरपालिकाको कोरोना राहत कोषमा आर्थिक सहयोग

चितवन । लकडाउनका बेला भरतपुर महानगरपालिका वडा नम्बर १० का प्रवेश पौडेल र दृष्टि भुषालले हिजो सोमबार विवहा गरेका छन् ।

उनीहरुले बिहेको खर्च कटाएर भरतपुर महानगर विपद् व्यवस्थापन कोषमा १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ जम्मा गरेका छन् ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आफ्नो विवाह उत्सवको खर्च कटौती गरेर कोराना महामारीको विरुद्ध लड्न भरतपुर महानगरपालिकाले स्थापना गरेको राहत कोषमा रकम जम्मा गरी पूण्य कर्म गरेको भन्दै नव विवाहित दम्पतीको उज्जल भविश्यको कामना गर्दै उनीहरुलाई धन्यवाद दिइन् ।

सो अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले नव विवाहित दम्पती र पूण्य कर्म गर्न प्रेरित गर्ने अभिवावकहरुलार्इ बधार्इ दिए । 

जम्मा गरिएको रकम भरतपुर महानगरपालिकाले कोरोना प्रकोपका कारण पीडित भएकाहरुलार्इ सहयोग गर्नेछ । भरतपुर महानगरपालिकाले सञ्चालन गरेको कोरोना राहत कोषमा विभिन्न सामाजिक संघसंस्था तथा दाताहरूले स्वतस्फूर्त सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस