वीरगञ्जमा पत्रकार कोरोनाबाट संक्रमित

सफल खबर संवाददाता

मंगलबार, ३० बैशाख २०७७, १७ : २२

वीरगञ्ज । पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस ९कोभिड–१९० संक्रमितमध्ये चार जना पत्रकार भएको पाइएको छ ।

यसअघि ३९ जनामा दुई जना पत्रकार रहेको थाहा भएको थियो । पछि थप दुई जना पनि पत्रकार रहेको थाहा भएको नारायणी अस्पतालले जनाएको छ । वीरगञ्जका पत्रकारहरूले जोखिम मोलेर रिपोर्टिङ गर्दै आएका थिए ।

आज एकैदिन नेपालमा ५७ जनामा कोरोना पुष्टि भएको थियो । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना  रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।