कालापानी नजिकै सशस्त्र प्रहरी बलको फौज राखिने

सोमबार, २९ बैशाख २०७७, १८ : २४
कालापानी नजिकै सशस्त्र प्रहरी बलको फौज राखिने

काठमाडौं । कालापानी नजिकै सशस्त्र प्रहरी बलको फौज राखिने भएकोे छ । 

सेनाको हवाई निर्देशनालयबाट स्वीकृति प्राप्त भएपछि सशस्त्र प्रहरीको फौजसहित सेनाको हेलिकप्टरबाट बन्दोवस्तीको सामान बोकेर बुधबार दार्चुलातर्फ टोली जान लागेको हो ।

यसका लागि गृह मन्त्रालयले सैनिक हवाई हानिर्देशनालयलाई पत्राचार गरेर यसबारे पत्राचार गरेको छ । कालापानीबाट दश किलोमिटरको दुरीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट ९बीओपी० राख्न लागिएको हो ।

हाल सशस्त्र प्रहरीको ५० गुल्म हेडक्वार्टर दार्चुला सदरमुकाम खलंगामा छ । त्यहाँबाट विवादित नेपाली भूमि पुग्न करिब ५ दिनको यात्रा गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस