काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा कविता वाचन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् ।
भारतले नेपाली भूमि मिचेको, विदेशमा अलपत्र परेका नागरिकहरुको पीडा सरकारले नसुनेको विषयमा थापाले कविताबाटै प्रधानमन्त्रीको आलोचना गरेका हुन् ।
कविता जस्ताको त्यस्तै
म त भाग्यमानी
छैन यहाँ देशको नक्सा मेटिएको
न त लिपुलेकलाई डोजरले रेटिएको
यस्तो सबल सरकार छ सीमा कसले मिच्ने
कोही छैनन जोरी खोज्ने को ही छैन्न हेप्ने
सयौँं कोस हिड्दा पनि श्रमिक छैनन आहात
गरिबलाई सम्मान छ गरिबलाई राहात
विदेशमा कोही पनि अलपत्र छैनन्
दुःख पीडा सुनाउने ती नेपाली नै होइनन् ।
जनताको व्यथालाई ध्यान दिएर सुन्ने
कृषक साना व्यापारीको सारै मर्म बुझ्ने
भ्रष्टाचारलाई नसहने सरकारको छ नी
हावादारी हल्ला हुन् ओम्नी र यती
सबैतिर वाह वाह यस्तो विकास देख्दा
पत्रकार नी दंग छन् यी समाचार लेख्दा
कोमल हृदयका प्रधानमन्त्री आँसु कवि हाम्रा
दिन नविराई सिर्जना छ, आहा कति राम्रा
राहत खोज्दै आउनेलाई तीनै गीत दिउँला
गीत कविता भट्याउँदै कालापानी जाउँला
सारा नेपाल हाँसेको छ मेची काली गाउँछ ।
आँसु आए बरु त्यही गीतले आउँछ ।
यस्तो नायक गजबका ल्यायौँ जानी जानी
ओहो हामी नेपाली त सारै भाग्यमानी
आहो साह्रै भाग्यमानी म त भाग्यमानी ।।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ बैशाख २०७७, १२ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा