काठमाडौं । फेरि थप १० जनामा कोरोनाभाइरस संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलबस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
१० जना थप नयाँ फेला परेसंगै नेपालमा संक्रमित हुनेहरुको कुल संख्या १ सय २० पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार आज राष्ट्रिय जनस्वास्थय प्रयोगशाला गरिएको परिक्षणमा थप १० जनामा संक्रमण देखा परेको हो । संक्रमितहरु कपिलवस्तु यशोधरा गाँउपालिका–५ र बुद्धभुमि नगरपालिका–७ र १० निवासी रहेका छन् ।
संक्रमितहरु सबै पुरुष रहेका छन् । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार संक्रमितहरु १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षका छन् भने एकजनाको उमेर नखुलेको हो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै संक्रमितहरुको स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।
कपिलवस्तुमा यसअघि पनि ५ जना कोरोना संक्रमित फेला परेका थिए । योसँगै कपिलबस्तुमा मात्रै कोरोना संक्रमितको संख्या १५ पुगेको छ । संक्रमितहरु मध्ये ३३ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ बैशाख २०७७, ०८ : ४७
लेखकबाट थप