भारतीय दूतावासअघि प्रदर्शन गर्न पुगेका अनेरास्ववियूका नेताहरु पक्राउ

सफल खबर संवाददाता

शनिबार, २७ बैशाख २०७७, १४ : १८
भारतीय दूतावासअघि प्रदर्शन गर्न पुगेका अनेरास्ववियूका नेताहरु पक्राउ

काठमाडौं । नेपाली भूमि अतिक्रमण गर्दै मानसरोवर जाने बाटो बनाएको विरोधमा भारतीय दूताबास अगाडि प्रदर्शन गर्न खोज्नेहरुलाई प्रहरीले पक्राउ परेको छ ।

सत्तारुढ नेपाल कम्युुनिस्ट पार्टी (नेकपा) सम्वद्ध अनेरास्ववियुले प्रदर्शन गर्न खोजेको थियो ।

तर उत्तर ढोकामा जम्मा हुनासाथ उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यशु लामा, महेश श्रेष्ठ, अशोक थापा, उत्तर खड्का, प्रेम प्रधान, न्युसन लामिछाने, विनोद खुवाललगायत २० जनालाई प्रहरीले पक्राउ गरेको अनेरास्ववियूले जनाएको छ। उनीहरूलाई महेन्द्र पुलिस क्लवमा राखिएको छ ।

भारतले नेपालको भूमि अतिक्रमण गरी सडक निर्माण गरेपछि नेपालमा विरोध भइरहेको छ । भारतीय गृहमन्त्री राजनाथ सिंहले शुक्रबार मात्र धार्चुला लिपुलेक लिंक रोडको उद्घाटन गरेका थिए । तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि भारतले उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडकमार्ग खोलेको हो ।

यसअघि गत कात्तिक १६ गते भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा पनि लिपुलेक, लिम्पियाधुरालगायत नेपालका भूमि आफ्नो भूभाग भन्दै समेटेपछि विरोध भएको थियो ।

प्रतिक्रिया दिनुहोस