नेपालमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण

सफल खबर संवाददाता

शनिबार, २७ बैशाख २०७७, ११ : ५३
नेपालमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

संक्रमितहरुमा उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षीय महिला र कपिलबस्तुका १७, १८ र १८ नै वर्षका पुरुष रहेका छन् ।

यस्तै पर्साको छपकैयाका ६२ वर्षीय पुरुष्मा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।  

यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १०९ पुगेको छ । हालसम्म कोरोना निको भएर घर फर्किनेको संख्या ३१ रहेको छ ।