राजेन्द्र महतोको टिप्पणी, दुई तिहाईको सरकारले दुई कौडीको काम गरेन

सफल खबर संवाददाता

शुक्रबार, २६ बैशाख २०७७, १७ : १४
राजेन्द्र महतोको टिप्पणी, दुई तिहाईको सरकारले दुई कौडीको काम गरेन

काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइको सरकारले दुई कौडीको काम पनि नगरेको बताएका छन् । 

प्रतिनिधि सभामा मन्तव्य राख्दै नेता महतोले सरकार हुकुमी शैलीमा चलेको भन्दै क्षमता र एजेण्डा नै नभएको आरोप लगाए  ।

सरकारप्रति आक्रोशित बनेका महतोले सरकारलाई पार्टी फुटाउने र कुर्सी जोगाउने भन्दा अरु कुनै कुरामा ध्यान नभएको आरोप लगाए । 

उनले राजपालाई फुटाउन सरकार नै लागि परेपनि आफूहरुले उल्टै पार्टी एकता गरेर सरकारलाई ‘सरप्राइज’ दिएको बताए ।