मकवानपुर । देशभर कोरोनाको संक्रमित बढेसंगै मकवानपुरमा पनि मंगलबार देखि लकडाउनमा थप कडाइ गरिएको छ । मकवानपुरमा बिभिन्न पेशा गरि बसेका लकड़ाउनको सुरुमा घर गएकाहरु अत्यावश्यक कामले आउनु परेमा अनिवार्य पिसीआर परिक्षण गरेर मात्र प्रवेश गर्न दिने निर्णय भएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए । यस अघि बाहिरि जिल्लाबाट आउनेको र्यापिड टेस्ट गर्ने गरिएको थियो ।
कमाण्ड पोस्टको बैठकले अत्यावश्यक सामग्री ढुवानी बाहेकका सबै सवारी साधनलाइ मकवानपुरमा प्रवेश गर्न रोक लागाउने निर्णय गरेको छ । यो निर्णयले हेटौडा हुदै रातारात बसमा काठमान्डौ प्रवेश गर्ने बसहरु रोकिने भएका छन् । मकवानपुर जिल्ला औधोगिक नगरी पनि भएकोले यहाका उद्योग संचालन लगायत बिकास निर्माण र कृषि कार्यको लागि अति आवश्यक मानिस आउनु परेमा पनि अनिवार्य पी सी आर परिक्षण गरि प्रवेश दिइने प्रमुख खुलालले बताए ।
पासको दुरुपयोग रोक्न बैठकले बिकास निर्माणमा प्रयोग हुने सवारी साधनलाइ सिफारिस दिदा स्थानीय तहको प्रमुख वा प्रशासकीय अधिकृतले मात्र दिनुपर्ने निर्णय गरेको छ । सिफारिस गर्दा सत्य तथ्य बुझी सवारी साधनको नम्बर, कामको प्रकृति र प्रयोजन समेत खुलाई त्यसको जानकारी जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यलयमा समेत अनिवार्य जानकारी गराउनु पर्ने प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताए ।
प्रतिक्रिया दिनुहोस