चितवन । एनआरएनए सचिव गौरीराज जोशीले भरतपुर महानगरपालिकालाई कोरोना प्रकोपसँग लड्न स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ ।
उहाँले मंगलबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई ६ हजार थान सर्जिकल माक्स र २ थान पि.पि.ई. प्रदान गर्नु भएको हो ।
सो अवसरमा सचिव जोशीले भरतपुर महानगरपालिकाले कोरोना रोगको रोकथाम र नियन्त्रणमा खेलेको भूमिकाको प्रशंसा गर्दै यी स्वास्थ्य सामग्रीले कोरोनासँग लड्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । अमेरिकाको टेक्ससमा व्यवसाय गरी बस्दै आउनुभएका जोशी एनआरएन को सचिव समेत हुनुहन्छ ।
स्वास्थ्य सामग्री ग्रहण गर्दै महानगरपालिका प्रमुख रेनु दाहालले अमेरिकादेखि नेपाल आएर भरतपुर महानगरपालिकालाई यो संकटको समयमा स्वास्थ्य सामग्री प्रदान गर्नुभएको धन्यवाद व्यक्त गर्नुभयो ।
समाजसेवी लक्की भण्डारीले आफूहरुले विभिन्न स्थानमा स्वास्थ्य सामग्री वितरण गर्दै कोरोना रोगसँग लड्न सामूहिक प्रयासमा सहयोग पु¥याएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सर्वोच्चमा आज एनआरएनएको मुद्दामा सुनुवाइ, के आउला फैसला ?
एनआरएनए निर्वाचनः ५६ देशबाट ४ हजार ६५९ प्रतिनिधिको नाम दर्ता
युवा संघको कब्जामा एनआरएनएको फेसबुक पेज
एनआरएनए सचिवालय तत्काल नयाँ कार्यसमितिलाई हस्तान्तरण गर्न आइसीसीले दियो निर्देशन
एनआरएनए विभाजित गर्न प्रधानमन्त्री र परराष्ट्रमन्त्री आफैं सक्रिय
गैंडाकोटका गैरेद्वय एनआरएनए सचिवमा निर्वाचित