चितवन । एनआरएनए सचिव गौरीराज जोशीले भरतपुर महानगरपालिकालाई कोरोना प्रकोपसँग लड्न स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ ।
उहाँले मंगलबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई ६ हजार थान सर्जिकल माक्स र २ थान पि.पि.ई. प्रदान गर्नु भएको हो ।
सो अवसरमा सचिव जोशीले भरतपुर महानगरपालिकाले कोरोना रोगको रोकथाम र नियन्त्रणमा खेलेको भूमिकाको प्रशंसा गर्दै यी स्वास्थ्य सामग्रीले कोरोनासँग लड्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । अमेरिकाको टेक्ससमा व्यवसाय गरी बस्दै आउनुभएका जोशी एनआरएन को सचिव समेत हुनुहन्छ ।
स्वास्थ्य सामग्री ग्रहण गर्दै महानगरपालिका प्रमुख रेनु दाहालले अमेरिकादेखि नेपाल आएर भरतपुर महानगरपालिकालाई यो संकटको समयमा स्वास्थ्य सामग्री प्रदान गर्नुभएको धन्यवाद व्यक्त गर्नुभयो ।
समाजसेवी लक्की भण्डारीले आफूहरुले विभिन्न स्थानमा स्वास्थ्य सामग्री वितरण गर्दै कोरोना रोगसँग लड्न सामूहिक प्रयासमा सहयोग पु¥याएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
मध्यपूर्वमा रहेका नेपाली नागरिकको राहतका लागि एनआरएनएद्वारा १ करोड रुपैयाँको कोष स्थापना
एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति
एनआरएनए अध्यक्षमा ३ जनाको उम्मेदवारी
एनआरएनएको महासचिवमा रामशरण सिम्खडाको उम्मेदवारी घोषणा
एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मिलाउन रोविन शेरचनको पहल
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा