कर्णालीका सबै सीमा नाकाहरू बन्द गरिने

सोमबार, २२ बैशाख २०७७, १९ : ०३
कर्णालीका सबै सीमा नाकाहरू बन्द गरिने

काठमाडौं । कर्णाली प्रदेशका सबै सीमा नाकाहरु सात दिनको लागि बन्द गरिने भएको छ । विपद् व्यवस्थापन केन्द्रको बैठकले सीमा नाका बन्द गर्ने निर्णय गरेका हो । प्रदेशका मुख्यमन्त्रीको अध्यक्षतामा सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको छ।

बैठकले छिमेकी प्रदेशमा देखिएको कोरोना संक्रमणको अवस्थालाई ख्याल गर्दै कर्णाली प्रदेशका सबै सीमा नाकाहरू ७ दिनका लागि पूर्णरुपमा बन्द गर्ने र प्रदेशका २५ स्थानमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मीहरुको टोली पठाउने निर्णय गरेको छ।