अज्ञात रोगले मरे भैँसी र बाख्रा

सोमबार, २२ बैशाख २०७७, १३ : ३६
अज्ञात रोगले मरे भैँसी र बाख्रा

चौतारा । सिन्धुपाल्चोकमा अज्ञात रोगबाट एक साताको अवधिमा दुईवटा लैनो भैँसी र सातवटा बाख्रा मरेका छन् । 

चौतारा सागाचोकगढी नगरपालिका–३ बतासे भुस्लुङ गाउँमा स्थानीय मानकुमारी थापा र कर्णबहादुर धितालको लैनो भैँसी आइतबार गोठमा  मृत फेला परेको स्थानीय शैलेन्द्र सिलवालले जानकारी दिनुभयो । ८/१० घण्टाको अवधिमा सातवटा बोका तथा बाख्रा मरिसकेका छन् । अन्य थुप्रै बिरामी परेको वडा सदस्य खिकबहादुर थापाले बताउनुभयो । नगरपालिकाका अन्य केही वडामा पनि फाट्टफुट्टरुपमा बाख्रा मर्ने गरेको स्थानीयवासीले बताएका छन् । 

 गाउँमा एउटा दुहुना भैँसीको रु ८० देखि ९० हजारसम्म मूल्य पर्छ । यसरी मरेका भैँसीमा रोगको कुनै लक्षण नदेखिएको र  बाख्रामा भने घुँडा सुन्निने र सामान्य छेर्ने लक्षण देखिएको जनाएको छ । (रासस) 

प्रतिक्रिया दिनुहोस