कोरोना संक्रमण : रुसमा एकैदिन १० हजार भन्दा बढी नयाँ संक्रमित

सोमबार, २२ बैशाख २०७७, ०९ : ४७
कोरोना संक्रमण : रुसमा एकैदिन १० हजार भन्दा बढी नयाँ संक्रमित

एजेन्सी । विश्वव्यापी रुपमै फैलिएको कोरोना भाइरस पछिल्लो समय रुसमा पनि महामारीको रुपमा फैलन थालेका छ । रुसमा कोरोना भाइरसको संक्रमण पछिल्ला केही दिनयता तीव्र रुपमा बिस्तार भएसंगै पछिल्लो २४ घण्टामा मात्रै  १० हजार ६ सय ३३ जना नयाँ संक्रमित थपिएका छन् । रुसमा यो एकै दिन संक्रमण पुष्टि भएको अहिलेसम्मकै धेरै हो ।

योसँगै रुसमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ३४ हजार ६ सय ८६ पुगेको छ । तर मृत्यु भने अन्य देशको तुलानामा कम छ । आइतबार रुसमा कोरोनाबाट ५८ जनाको मृत्यु भयो । हालसम्म रुसमा कुल १२ सय ८० जनाको कोभिड–१९ बाट मृत्यु भएको छ । कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित भएको क्षेत्र मस्को हो ।

मस्कोका झण्डै दुई प्रतिशत मानिस कोरोना भाइरसबाट संक्रमित भएको मेयर सर्गेइ सोक्यानिनले बताएका छन् । कोरोना तिव्र रुपमा मस्कोमा फैलिन थालेपछि कडा लकडाउन लागु गरिएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले अवस्था अति संवदेनशिल रहेकोले सबैलाई सतर्कता अपनाउन आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस