कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

बुधबार, ०९ फागुन २०७४, १५ : १०
कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

नेपाली कांग्रेसले फागुन १० गते बिहीबार केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।
बिहीबार विहान ९ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गरी बैठक बस्ने जानकारी दिएका हुन् । का‌ंग्रेसको केन्द्रीय कार्यसम्पादन समिति २९ सदस्यी छ ।

फागुन २१ गते संसद बैठक आह्वान गरिएको छ । कांग्रेसले संसदीय दलको नेता चयन गर्न बाँकी नै छ । दलको नेतामा सभापति शेरबहादुर देउवा र प्रकाशमान सिंहले चासो देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस