अन्य देशहरु कोरोनासंग कसरी लड्नेमा अल्झिरहदा चीन भने विश्वकै शक्तिशाली बन्ने होडमा, गर्यो शक्ति प्रदर्शन

अत्याधुनिक दुई लडाकु जहाज सेनालाई प्रदान

आइतबार, २१ बैशाख २०७७, ११ : ४०
अन्य देशहरु कोरोनासंग कसरी लड्नेमा अल्झिरहदा चीन भने विश्वकै शक्तिशाली बन्ने होडमा,  गर्यो शक्ति प्रदर्शन

एजेन्सी । विश्व नै कोरोना भाइरसको महामारीले यतिबेला आक्रान्त भइरहदा यो भाइरसलाई परास्त गर्न सफल चीन भने अहिले शक्ति प्रदर्शन तर्फ केन्द्रित बनेको छ । चीनकै बुहान प्रान्तबाट शुरु भएको यो भाइरसबाट कसरी जोगिने भन्नेमा अरु देश रोकथाम तथा सतर्कताका लागि विभिन्न उपायमा केन्द्रित भईरहदा चीन भने विश्वकै शक्ति राष्ट्र बन्ने होडमा आफुलाई डो¥याउन थालेको छ ।

त्यसै क्रममा चीनले हालै समुन्द्रमा अत्याधुनिक हजारौं किलोमिटरको रेन्जमा लड्न सक्ने लडाकु पानी जहाँज प्रदर्शन गरेको हो ।  चीनले हालै अत्याधुनिक तवरले निर्माण गरेको दुई नयाँ लडाकु जहाँज सेनालाई दिएको छ । अत्याधुनिक रहेका उक्त लडाकु जहाँजहरु चीनका नौसेनाहरुको ७१ औँ दिवसका अवसरमा चीनले दिएको हो । उक्त लडाकु पानी जहाँज टाइप–०९४ को रहेका छन् भने एटम ब्यालेस्टिक मिसाइलबाट ल्यास रहेको छ । टाइप–०९४ सबमरीनले एकै पटकमा १६ जेयल–२ ब्यालेस्टिक मिशाइल बोकेर अन्यत्र लैजान सक्छ ।

उक्त मिशाइलको रेन्ज ७ हजार किलोमिटर रहेको छ । चीनले त्यस्ता ६ वटा लडाकु पानी जहाँज अहिलेसम्म बनाएको छ । चीन सरकारले त्यसको प्रदर्शन गएको वर्ष अप्रिलमा शानडोंग प्रान्तको क्विंगडाओ शहरस्थित समुन्द्र तटमा गरेको थियो ।दुई मिसाइल बोक्ने लडाकु पानी जहाँज भने सरकारले गुपचुप रुपमा सेनालाई पहिल्यै दिईसकेको छ । चीन अहिले ०९६ टाइपको लडाकु पानी जहाँज बनाईरहेको छ ।

जो अहिलेको भन्दा पनि अत्याधिक आधुनिक हुनेछ । उक्त लडाकु जहाँजले २४ जेयल–३ एस ब्ल्यास्टिक मिसाइल बोक्न सक्नेछ । उक्त मिसाइलको रेन्ज १० हजार किलोमिटरको हुनेछ । त्यसपछि अमेरिका, युरोप, चीन, रुस सबै चीनको मिसाइलको रेन्जमा आउनेछन् । चीनसँग अहिले ०९५ टाइपको लडाकु पानी जहाँज रहेको छ । जो एकदमै तीव्र गतिको रहेको छ । हालै मात्र चीनको नौसेनाले जेयल–३ मिसाइलको सफल परिक्षण पनि गरिसकेको छ ।

चीन आफ्ना हतियार र शक्ति प्रदर्शनमा लागि परेको छ । हालै मात्र पनि चीनले स्वयं आफ्नो एयरक्राफ्ट करियर बनाएको थियो । जसमा जे–१५ फाइटर जेट्स राखिएको छ । त्यसपछि अन्य फाइटर जेट्समा पनि चीनले परिवर्तन गरेको थियो । चीनले टाइप–०५५ डेस्ट्रोयर पनि बनाएको छ जो परमाणु सञ्चालित छन् ।

यो चीनकै सबैभन्दा तीव्र गतिको लडाकु जहाँज हो । त्यो बाहेक नयाँ एन्टी सबमरीन पेट्रोल एयरक्राफ्ट पनि नौसेनासँग रहेको छ । त्यसको नाम गाओक्सिन–९ म्यारीटाइम एन्टी सबमरीन वोरफेयर प्लेन छ । गएको महिना मात्र चीनले कोरोना भाइरसको महामारीका बीच मिलिट्री ड्रिल गरेको थियो । त्यसपछि एयरफोर्स ड्रिल गरेको थियो । जसका कारण छिमेकी देशहरुमा चिन्ताको विषय बनेको थियो । चीनले शक्ति प्रदर्शन गरेपछि केहि देशहरुले सुरक्षाका लागि मिसाइल तैनाथ गरेका थिए ।

कोरोनाको सन्त्रास हटेसंगै चीनले आफुलाई पुववर्ती अवस्थामा ल्याउन अहिले कलकारखाना, उद्योग, शिक्षण संस्था सबै खोलिसकेको छ । कोरानासंग लगिरहेको अन्य ठुला राष्ट्रहरुलाई स्वास्थ्य सामग्री समेत चीनले नै निर्माण गरेर निर्यात समेत गर्न थालेको छ । कोरोनाकै कारण चीन र अमेरिका बिचको दुरी फेरी बढदै गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चीनद्धारा निर्मित मानव अस्त्र रहेको बताउदैं आएका छन् । एजेन्सीहरुको सहयोगमा