पोखरा । पोखरा महानगरपालिका वडा नं ९ नागढुङ्गास्थित फर्निचर उद्योगमा आगलागी हुँदा रु एक करोड बराबरको क्षति भएको छ । डेढ वर्षअघि दुर्गाप्रसाद भट्टराई र विकास क्षेत्रीले सञ्चालन गर्नुभएको विशेष फर्निचर उद्योगमा आज भएको आगलागीमा रु ७० लाखको फर्निचरका सामग्री र रु ३० लाख बराबरको भौतिक संरचना जलेर नष्ट भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयसहित दमकल र पानी ट्याङ्करको सहयोगमा लगभग डेढ घण्टामा आगो नियन्त्रणमा आएको हो । लकडाउनको समय भएका कारण फर्निचरमा कामदार कोही नभएकाले विद्युत् सर्टका कारण आगलागी भएको हुनसक्ने सञ्चालक दुर्गाप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २० बैशाख २०७७, २० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान सुरु
पोखरामा पनि पत्रकार हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध
पोखरा बेलुन विस्फोट घटनाको छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन
मंगलबारदेखि पोखरा-छेन्दु नियमित उडान
अलमलमा पर्यो पोखरा र भैरहवा विमानस्थल अध्ययन उपसमिति
पोखराबाट उडे पूर्वराजा, विमानस्थलमा पञ्चेबाजा बजाएर बिदाई