नेकपा सचिवालय बैठक : प्रचण्डको आसन फेरियो

शनिबार, २० बैशाख २०७७, १८ : ३६
नेकपा सचिवालय बैठक : प्रचण्डको आसन फेरियो

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समानान्तर कुर्सीको व्यवस्था गरिएको छ । 

यसअघिका बैठकहरुमा प्रचण्डलाई अरु नेताहरुसँगै राखिएको थियो । आज शनिबार बसेको बैठकमा प्रचण्डको आसन फेरिएको छ र ओलीकै लहरमा कुर्सी राखिएको छ ।

कार्यकारी भनिए पनि आफूलाई अघिल्लो बैठकमा भूमिका नदिएको भन्दै प्रचण्डले गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस