बलात्कार गराउन श्रीमानको सहयोग, दुई पक्राउ

शनिबार, २० बैशाख २०७७, १५ : ५७
बलात्कार गराउन श्रीमानको सहयोग, दुई पक्राउ

कैलाली । कैलालीमा १६ वर्षकी युवतीमाथि बलात्कार गर्न खोज्ने दुई जना प्रकाउ परेका छन् । कैलालीको गौरीगंगा नगरपालिका बस्दै आएकी एक युवतीलाई उनकै श्रीमान्ले जेठाजुलाई बलत्कार गराउन सहयोग गरेको उजुरीको आधारमा दुबैलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

उनलाई शुक्रबार पक्राउ गरिएको उनले बताए । यही १५ गते बेलुकी खाना खाई पीडितको श्रीमानलाई निजको दाजुले बिरालो मार्न जाउँ भनी घरबाट पठाई म एक्लै आफ्नो कोठामा सुति राखेको अबस्थामा जेठाजुले हात समाती जबरजस्ती गर्न खोजेको भन्दै पीडितले उजुरी दिएको उनले बताए ।
‘जबर्जस्ती करणी गर्न लाग्दा आफु रोइकराई गरी होहल्ला हुन जाँदा जबर्जस्तीकरणी हुनबाट जोगिएको र उक्त कुरा कसैलाई भने ज्यान बेपत्ता पार्नेसम्मको धम्की जेठाजुले दिएको पीडितले उजुरीमा उल्लेख गरेकी छन्’ उनले भने । 

भोलिपल्ट १६ गते साँझ पुनः बिरालो मार्न जाउँ भनी घरबाट पठाएको र कोठा बन्द गरी एक्लै सुतिरहेको अबस्थामा ढोका ढकढक गरेको र जेठाजु नै होला भनी नखोलेको पीडितको भनाइ छ । उल्टै मेरो श्रीमान् र जेठाजु मिली ढोका किन नखोलेको भनी कुटपिट गरेको पीडितको जाहेरीमा छ । 

मलाई जेठाजुबाट जबरजस्ती करणी गराउन सहयोग गरेको हुँदा कार्बाही गरी पाउँ भनी जाहेरी आएकोमा उनकै श्रीमान् र जेठाजुलाई प्रकाउ गरी थप अनुसनधान भई रहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।