प्रधानमन्त्री ओलीलाई भेट्न पुगे वामदेव गौतम

शनिबार, २० बैशाख २०७७, १३ : ५८
प्रधानमन्त्री ओलीलाई भेट्न पुगे वामदेव गौतम

काठमाडौं । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले कोरोनापछिको प्रधानमन्त्रीमा प्रस्ताव गरेका उपाध्यक्ष वामदेव गौतम ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । 

केहीबेर अघि गौतम बालुवाटार छिरेको प्रधानमन्त्री केपी ओलीको सचिवालयका एक सदस्यले जानकारी दिए । 

गत बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका ओलीले गौतमलाई कोरोनाको प्रभाव घटेपछि प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए ।

आज साँझ ४ बजे नेकपाको सचिवालय बैठक बस्दैछ ।

प्रतिक्रिया दिनुहोस