धरौटीमा अदालतले छाड्ने बित्तिकै पुनः पक्राउ परे सुलभ अग्रवाल

विहीबार, १८ बैशाख २०७७, १६ : ५६
धरौटीमा अदालतले छाड्ने बित्तिकै पुनः पक्राउ परे सुलभ अग्रवाल

काठमाडौं । कालोबजारीसम्बन्धी मुद्धामा काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका व्यवसायी सुलभ अग्रवाल पुन पक्राउ परेका छन् । अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनेवित्तिकै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

उनीमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस