कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवालको थुनछेक बहस आज

बुधबार, १७ बैशाख २०७७, १० : ४४
कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवालको थुनछेक बहस आज

काठमाडौं । थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेर प्रहरी हिरासतम रहेका व्यवसायी सुलभ अग्रवालको मुद्दामा आज थुनछेक बहस हुने भएको छ ।  

मंगलबार अग्रवालविरूद्द जिल्ला अदालत काठमाडौंमा कालोबजारी र सामाजिक अपराध ऐन अन्तर्गत मुद्दा दर्ता भएको थियो ।  अग्रवालको मुद्दामा आज थुनछेक बहस हुने जिल्ला अदालत काठमाडौं श्रोतले जानकारी दिएका छन् । उनी विरुद्ध कालोबजारी तथा केही अन्य सार्वजनिक अपराध तथा सजाय ऐन २०२३ अन्तर्गत मुद्दा दर्ता भएको गरिएको छ ।

चीनबाट स्वास्थ्य सामग्री ल्याई चरम अभाव भएको थर्मन गनको कालोबजारी गर्दै गरेको अवस्थामा प्रहरीले रंगेहात अग्रवाललाई पक्राउ गरेको थियो । अग्रवाल गत चैत २५ गते देखि प्रहरी हिरासतमा छन् । 

प्रतिक्रिया दिनुहोस