लकडाउन खुकुलो भएसँगै इटालीमा खेलकुद गतिविधी शुरु, इटलियन सिरी ए फुटबलको प्रशिक्षण सुरु हुने

सोमबार, १५ बैशाख २०७७, १० : १३
लकडाउन खुकुलो भएसँगै इटालीमा खेलकुद गतिविधी शुरु, इटलियन सिरी ए फुटबलको प्रशिक्षण सुरु हुने

एजेन्सी । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीसँगै ठप्प बनेको खेलकुदका गतिविधिी इटालीमा पुनः सुरु हुने भएका छन् । कोरोना भाइरसका कारण गत फेब्रुअरीदेखि नै प्रभावित बनेको इटलियन सिरी ए का क्लबहरुले लकडाउन खुकुलो भएसँगै फुटबल प्रशिक्षण सुरु गर्ने भएका छन् ।

लकडाउन खुकुलो भएपछि क्लबहरु आगामी ४ मेदेखि प्रशिक्षण चलाउन सक्नेछन् ।  प्रधानमन्त्रीले कोरोना भाइरस लकडाउन खुकुलो पार्ने प्रक्रियाको पहिलो चरणको घोषणा गरेसँगै ४ मेदेखि खेलाडीहरु प्रशिक्षणमा सहभागी हुन पाउनेछन् भने १८ मेदेखि टिम प्रशिक्षण सुरु गर्न पाइनेछ ।

अगस्टको सुरुवातमा अन्त्य गर्ने तयारी गरिएको सिरी एका बाँकी खेलहरु मेको अन्तिम साता या जुनको पहिलो सातामा हुने अपेक्षा गरिएको छ । यद्यपि युरोपमा कोरोना भाइरसका कारण सबैभन्दा बढीले ज्यान गुमाएको इटलीका रंगशालाहरु कहिलेबाट खोल्ने भन्ने औपचारिक घोषणा भइसकेको छैन ।

 सिरी ए फुटबलका खेल बन्द रंगशालमै पनि कहिलेदेखि सुरु हुनेछ भन्ने औपचारिक घोषणा भने अझै गरिएको छैन । 
इटालीमा आइतबार कोरोना भाइरसका कारण २ सय ६० जनाको निधन भएको छ । 

प्रतिक्रिया दिनुहोस