किसानको गोठ किन चहार्दैछन् गैडाकोटका मेयर छत्रराज पौडेल ?

सोमबार, १५ बैशाख २०७७, ०९ : ४६
किसानको गोठ किन चहार्दैछन् गैडाकोटका मेयर छत्रराज पौडेल ?

प्रकाश सिग्देल
नवलपरासी । गैडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेललाई यतिबेला आफनो भन्दा पनि किसान र तिनले पालेका बस्तु भाउ को बढि चिन्ता हुन थालेको छ ।  गैडाकोटको हर्कपुर भेडाबारी, मुकुन्दपुर र साबिकको गैडाकोटका बिभिन्न वडामा ब्यवसायीक रुपमा गाई पालेका किसान लकडाउनका बेला समस्यामा पर्ने गरेकाले अहिले मेयर पौडेल हरेक दिन जसो सो क्षेत्रका किसानका गोठ गोठमा पुग्न थाल्नु भएको छ ।

अहिले दाना चापट र परालको अभावका कारण गाईपाल्न समस्यासंगै दुध समेत बिक्री नहुदा किसान झन ठुलो मर्कामा परेकाले ति किसानलाई केहि भएपनि सान्त्वना दिलाउन आफुहरेक किसानको गोठ गोठमा जाने गरेको मेयर पौडेलको भनाई छ । बिहान उठेर नित्य कर्म सकिसकेपछि आफनो घरको बस्तुको स्यार सुसार गरेर मेयर पौडेल मोटरसाईकल हाँकेर किसानका गोठगोठमा पुग्ने गर्नु भएको छ । 

लक डाउनमा बिहान आफनो घरको काम, किसानको गोठ  अनि पुन घर आएर खाना खाएर अफिस अहिले नियमित सेडुल जस्तो बनेको मेयर पौडेल बताउनु हुन्छ । अहिले लकडाउनले समस्यामा परेका बेला नगर प्रमुख पौडेल बिहान÷बिहान किसानको गोठ÷गोठमा आएर के छ कसो छ ? भनेर सोधी दिदा निकै आनन्द लाग्ने गरेको हर्कपुरमा गाई पालन गर्दै आउनु भएका ब्यवसायीक किसान जगत वाग्लेले बताउनु भयो । 

अहिले गाईपालक किसानलाई धेरै समस्या रहेको चापटको मुल्य अत्याधिक बढेको त्यसमा पनि पाउन कठिन भएको र दुध समेत बिक्री नहुदा आफुहरुलाई निकै ठुलो समस्या भएको उहाँको भनाई छ । नगर प्रमुख पौडेलले गाई पालक किसान निकै ठुलो मारमा परेकाले अहिले उनिहरुलाई दाना परालको ब्यवस्थापनमा आफुले ध्यान दिएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस