एजेन्सी । विश्वव्यापी रुपमा महामारीको रुप धारण गरेको कोरोना भाइरसको सङ्क्रमणबाट बेलायतमा हालसम्म ३३ जना नेपालीको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका समाचार, गोरखा वेलफेयर ट्रष्ट र भूपू गोरखा सैनिकको विवरण मिलाउँदा हालसम्म कम्तीमा ३३ नेपालीको मृत्यु भएको देखिन्छ ।
यसमा तीन महिला र अन्य पुरुष छन् । यहाँस्थित नेपाली दूतावासमा भने हालसम्म ३१ नेपालीको मुत्यु भएको विवरण प्राप्त भएको जनाएको छ। दूतावासका प्रवक्ता शरदराज आरणले दूतावासबाहेक वेलफयरले पनि छुट्टै विवरण राखेको र शनिबारमात्र सो आँकडा प्राप्त भएको जानकारी दिए ।
गोरखा वेलफेयर ट्रष्टमा अधिकृत तहमा कार्यरत ग्यारी घलेले ट्रष्ट भूपू गोरखाहरूका लागि काम गर्ने संस्था भएकाले बेलायतमा कोरोनाबाट निधन भएका केवल भूपू गोरखाको मात्र तथ्याङ्क राख्ने गरेको र दूतावासले सबै नेपालीको राख्ने हुँदा मृत्यु हुनेको सङ्ख्यामा फरक फरक पाइएको हुन सक्ने बताए ।
मृत्यु हुनेको सङ्ख्या अझ बढी हुनसक्ने आशङ्का गरिएको छ । मृत्यु हुनेका सबै परिवारले सञ्चारमाध्यमलाई घटनाबारे जानकारी नदिन पनि सक्छन् । परिवारको इच्छाविना अस्पतालले यस्ता घटना सार्वजनिक गर्दैन ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि