फेसबुकले ल्‍यायो मेसेन्जर रुम्स, एक पटकमा ५० जना भिडियो कलमा जोडिन सक्ने

आइतबार, १४ बैशाख २०७७, ०९ : ४१
फेसबुकले ल्‍यायो मेसेन्जर रुम्स, एक पटकमा ५० जना भिडियो कलमा जोडिन सक्ने

एजेन्सी । विश्‍वभर कोरोना भाइरसको माहामारीले सन्त्रास फैलाइरहदा सामाजिक संजाल फेसबुकले मानिसहरुलाई एकैचोटी ५० जनासंग भिडियो च्यान गर्न मिल्ने मेसेन्जर रुम्स लिएर आएको छ। लकडाउनको बेला जुम, माइक्रोसफ्ट, गुगल लगायत आइटी कम्पनीहरुले धमाधम भर्चुअल भेला गराउने र भिडियोमार्फत विभिन्न एप्सहरु ल्याएसंगै फेसबुकले पनि ५० जना सम्म जोडिन सक्ने मेसेन्जर रुम्स ल्याएको हो।

फेसबुकका सिइओ मार्क जुकरबर्गले फेसबुकमा म्यासेन्जर रुम्सको बारेमा व्‍याख्या गर्दै भनेका छन्, ‘हामीले लकडाउनमा मानिसहरुलाई आपसमा भिडियोमार्फत एकैसाथ कुरा गर्न म्‍यासेन्जर रुम्स लिएर आएका छौ। यसले म्‍यासेन्जरमै एकै पटकमा ५० जनालाई भिडियोमार्फत कुरा गर्न सक्नेछन्।’उनका अनुसार फेसबुक आइडी भएकाहरु पनि यसमा आवद्ध हुन सक्‍नेछन् जुन एक क्लिकमै सबैलाई सजिलै जोड्न सकिन्छ। जुकरवर्गले यसलाई चलाउँदै भनेका छन्,‘ यो मानिसहरुको लागि नै उत्कृष्ट अनुभूति दिनेछ भने आफन्तसँग र साथीभाइसँग निमेषभरमै कुरा गराउन साथ दिनेछ।’

अब फेसबुकका प्रयोगकर्ताले आफ्नै आइडीबाट म्यासेन्जर रुम्स बनाउँन सक्नेछन् भने त्यहाँ आफूले चाहेको व्‍यक्तिलाई ‘जोइन’ गराउन सक्नेछन्। जसमा फीड, इन ग्रुप्स, इभेन्ट पेज लगातका विकल्पहरु हुनेछन्। यसलाई प्रयोगकर्ताहरुले आफूले मन लागेको चलाउन सक्नेछन्।

यसका साथै प्रयोगकर्ताले आफ्नो सीमित साथीहरुसँग पनि कुरा गर्न सक्‍नेछन् भने व्‍यक्तिगत रुपमा पनि यसलाई प्रयोग गर्न सक्नेछन्। फेसबुकले ३६० डिग्रीको ब्‍याग्राउण्ड बनाएर पनि भिडियो कुराकानी गर्ने गरी म्यासेन्जर रुम्सलाई विकास गरेका छन्। सामूहिक भिडियो कुराकानीका लागि कुनै एक व्यक्तिले फेसबुकमा म्यासेन्जर रुम बनाएर अन्य व्यक्तिलाई कुराकानीका लागि निमन्त्रणा गर्न सक्नेछ । निमन्त्रणा गर्दा फेसबुक आईडी नभएको व्यक्तिलाई पनि गर्न सकिने कम्पनीको भनाइ छ ।