भक्तपुर । अरनिको राजमार्गखण्डअन्तर्गत मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा३९प ५७४१ नंको मोटरसाइकल बुधबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते मध्यपुर नगरपालिका–५ का ३५ वर्षीय अजय श्रेष्ठको उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो । पानी परेर चिप्लो सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेकोे छ । (रासस)


प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन