एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी चिठ्ठा (डाइभरसिफाइड भिसा)लाई निलम्बन गर्नुभएको छ । बुधबार हाइट हाउसमा नियमित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो ।
विश्वका विभिन्न मुलुकबाट अमेरिकामा स्थायी रुपमा बसोबासको लागि अमेरिकाले प्रत्येक वर्ष ५० हजारलाई अनलाइनमार्फत् डिभी चिठ्ठा वितरण गर्ने गरेको थियो ।
कोरोना भाइरस (कोभिड–१९)को महामारीसँगै सबैभन्दा बढी संक्रमण र मृत्यु भएको अमेरिकाले यस्तो कदम लिएको हो ।
यस्तै, राष्ट्रपति ट्रम्पले अमेरिकामा भाइरसका कारण बेरोजगारी बढेकाले अमेरिकी नागरिकलाई पहिलो प्राथमिकता दिँदै रोजगारी प्रदान गर्ने बताउनुभएको छ ।
विगतमा ग्रीन कार्ड पाएका आप्रवासी अमेरिकी नागरिकले अमेरिकामा आफ्ना नातेदारहरुलाई पनि लान नपाउने भएको छ । तर अविवाहित बालबालिका र श्रीमतिलाई यो नियम लागू हुने छैन ।
सो नियम नियम दुईमहिनाका लागि लगाइए पनि पछि थप गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
ट्रम्प र सीबीच बेइजिङमा वार्ता
ईरानसँगको युद्ध अन्त्य गर्न चीनको सहायता चाहिँदैन : ट्रम्प
ट्रम्पको घोषणासँगै तेलको मूल्यमा गिरावट
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
को हुन् ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने पुरुष ?
इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै