गैंडाकोटमा रोकिएका बाग्लुङ्ग–पर्वतका पाहुनालाई घर पठाउँदै गैंडाकोट नगरपालिका

विहीबार, ११ बैशाख २०७७, १५ : ०३
गैंडाकोटमा रोकिएका बाग्लुङ्ग–पर्वतका पाहुनालाई घर पठाउँदै गैंडाकोट नगरपालिका

– प्रकाश सिग्देल
नवलपुर । बाग्लुङ्ग पर्वत र सो आसपासका क्षेत्रका स्थानीयलाई गैंडाकोट नगरपालिकाले घर पठाउने भएको छ । लकडाउन अगाडि साविकको गैंडाकोटमा आएर पाहुना भएर बसेका र लकडाउनका कारण घर जान नपाएकाहरुका लागि नगरपालिकाले बसको व्यवस्था गरी घर पठाउन लागेको हो ।

गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले लामो समयदेखि यहाँ बसेका बाग्लुङ्ग र आसपासका क्षेत्रमा घर भएका नागरिकको लागि घर पठाउने तयारी गरेको बताउनु भयो । 

बेलुका ७ बजे पर्वतको कुस्मा, बाग्लुङ्ग र गलकोटका स्थानीयलाई लिएर नगरपालिकाबाट ४ वटा बस छुट्ने गैंडाकोट नगरपालिका वडा नम्वर ५ का अध्यक्ष नवराज कंडेलले बताउनु भयो ।

हरियाली गैंडाकोट अभियानले पनि यसमा सहकार्य गरेको र मेयर पौडेलको निर्देशनमा यात्रुहरुको ज्वरो नापी माक्स प्रदान गरी व्यवस्थीत तवरले उनिहरुलाई घर पठाउन लागिएको कंडेलको भनाइ छ । 

अहिलेसम्म १२० बढि जना सम्पर्कमा आएको र करिव १५० को हाराहारीमा संख्या पुग्ने आफूहरुले अनुमान लगाएको कंडेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस