दाल बेच्ने मेयर

छुटे कुहिएको दाल बेच्ने मेयर

विहीबार, ११ बैशाख २०७७, ०८ : ४९
छुटे कुहिएको दाल बेच्ने मेयर

काठमाडौं । कुहिएको दाल बिक्री गरेको आरोपमा पक्राउ परेका कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवलगायत सबैजना धरौटीमा छुटेका छन् । 

प्रमुख यादव र उद्योगी तेजकरण जैन जनही दुई लाख ८१ हजार र अन्य जनही ६० हजार धरौटी तिरेर छुटेका हुन् । प्रहरी नियन्त्रणमा वडाध्यक्षहरू हरिओम साह, सफिल्लाह अन्सारी, राजनप्रसाद कुर्मी, महेश साह र सर्वुनारायण चौधरी थिए । 

कुहिएको दाल खरिद गरिएको यादव आइस एन्ड कोल्ड स्टोरका कर्मचारी कृष्णप्रसाद यादव र बच्चु यादव पनि पक्राउ परेका थिए । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस