केपी ओलीलाई फेसबुकमा गाली गर्दा समातिए पूर्वसचिव

विहीबार, ११ बैशाख २०७७, ०८ : ४५
केपी ओलीलाई फेसबुकमा गाली गर्दा समातिए पूर्वसचिव

काठमाडौं । सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी ओलीलाई गालीगलौज गरेको आरोपमा पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । 

नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई बुधबार साँझ उनलाई ललितपुरस्थित घरबाट पक्राउ गरेको हो । प्रधानमन्त्रीको स्वास्थ्यसँग जोडेर उनले सोमबार ट्विटरमा मानमर्दन हुने गरी टिप्पणी गरेको विषयमा अनुसन्धानका लागि पक्राउ गरिएको ब्युरोका एक अधिकारीले बताए ।

‘स्वास्थ्यको विषयलाई लिएर व्यक्तिगत गालीगलौज गरेकाले साइबर क्राइम आकर्षित भएको हो,’ ब्युरोका ती अधिकारीले भने । पूर्वसचिव उपाध्याय सामाजिक सञ्जालमा निकै सक्रिय छन् । हल्लाकै भरमा कतिपय गलत सूचना फैलाउने गरेको आरोप पनि उनीमाथि लाग्ने गरेको छ । 

वर्तमान सरकारप्रति उनले कडा आलोचना गर्दै आएका छन् । त्यही कारण उनलाई पक्राउ गरिएको हुन सक्ने भन्दै सामाजिक सञ्जालमा पक्राउको विरोध भएको छ । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस