लायन्स क्लवद्वारा भरतपुर कोरोना अस्पताललाई स्यानीटाईजिङ् मेसिन सहयोग

मंगलबार, ०९ बैशाख २०७७, १८ : २२
लायन्स क्लवद्वारा भरतपुर कोरोना अस्पताललाई स्यानीटाईजिङ् मेसिन सहयोग

चितवन । लायन्स क्लव अफ ईन्टरनेस्नल ३ सय २५ वि टुको सहयोगमा भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पतालमा स्वाचालित स्यानीटाईजिङ मेसिन जडान गरिएको छ । भरतपुर महानगरको अगुवाई र भरतपुर अस्पतालको व्यवस्थापनमा संञ्चालन भईरहेको सो अस्पतालमा बिरामी, चिकित्सक, स्वास्थ्यकर्मी सोही मेसिनबाट छिरेर जाने व्यवस्था मिलाईएको छ  । 

क्लवले रु २ लाखको लागतमा अस्पतालमा सेनिटाईजिङ् मेसिन जडान गरेको  भाईस डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले जानकारी दिनुभयो । मेसिनसँगै एक हजार लिटर सेनिजोल समेत उपलब्ध गराईएको छ । 

सो मेसिन आजै एक कार्यक्रमका बीच अस्पताललाई हस्तान्तरण गरिएको छ । प्रदेश सभा सदस्य बिजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीको उपस्थितिमा सो मेसिन अस्पताललाई हस्तान्तरण गरिएको हो । 

मेसिन हस्तान्तरण गर्दै क्लवका भाईस डिष्ट्रिक्ट गभर्नर भट्टले संकटको समयमा क्लव पनि सँगै छ भन्ने संदेश दिने दउद्देश्यले यो मेसिन जडान गरिएको बताउनुभयो । मानव स्वास्थ्यका लागि अहिलेको समयमा शरीर सेनिटाईजिङ् पनि आवश्यक रहेको भन्दै उहाँले यसको प्रयोगले एक जना व्यक्ति पाँच घण्टासम्म सुरक्षित रहन सक्ने बताउनुभयो । 

हस्तान्तरण समारोहमा बोल्दै प्रदेश सभा सदस्य बिजय सुवेदीले अबको समयमा शरीर सुरक्षित राख्नका लागि पनि यो आवश्यक रहेको बताउनुभयो । यसको प्रयोगले बिरामी, चिकित्सक दुबैले सुरक्षित महशुश गर्ने विश्वास व्यक्त गर्नुभयो । 

मेसिन निर्माता कम्पनीका तर्फबाट मार्सल रोक्काले एक लिटर सेनिजोलले एक हजार दुई सय जनालाई काम गर्ने जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस