अमेरिकामा अध्ययनरत नेपाली युवालाई प्रविधि विकास गर्न ५ करोडको फेलोसिप

मंगलबार, ०९ बैशाख २०७७, १७ : ५१
अमेरिकामा अध्ययनरत नेपाली युवालाई प्रविधि विकास गर्न ५ करोडको फेलोसिप

चितवन । अमेरिकाको एक प्रतिष्ठित कलेजमा अध्ययनरत एक नेपाली युवाले सुचना तथा प्रविधिको क्षेत्रमा अनुसन्धानसँगै नयाँ प्रविधि विकास गर्न ५ करोड रुपैंयाको फेलोसिप पाएका छन् । 

चितवनको भरतपुर–१६ स्थायी ठेगाना भएका सम्भव थपलियाले सो फेलोसिप पाएका हुन् । ३ वर्ष अगाडि थप अध्ययनका लागि अमेरिका पुगेका थपलियाले अमेरिकाकै टपटेन कलेज भित्र पर्ने क्यालिफोर्नियाको सिलिकन भ्यालीमा रहेको मेन्लो कलजेमा अध्ययनरत छन् । 

थपलियाले कलेजमा भित्र प्रदर्शन गरेको प्रोजेक्टलाई इन्टरप्रेन्र्योसिप अवार्डका विजेता अमेरिका निवासी स्टीवर गेमिलीको परिवारले प्रोजक्टलाई सफल पार्न सो रकम उपलब्ध गराएका हुन् । सम्भवले सो रकमबाट ‘मानिसले सोच्ने कामलाई प्रविधि मार्फत कसरी गर्न सकिन्छ’ भन्ने त्यस्तो खालको सफ्टवेयर निर्माण गर्न थालेका छन् ।

उनले निमार्ण गर्न थालेको सफ्टवेयरको नामाकरण भने ‘अस्मी’ गरेका छन् । मैले निर्माण गर्न थालेको प्रविधि परिक्षणपछि सफल हुने हो भने त्यो नेपालको लागि ठूलो उपलब्धी हुनेछ’–उनले भने– ‘त्यही भएर म यो हरसम्भव बनाउने प्रयासमा छु ।’ 

थपलिया अमेरिकामा अध्ययनरत रहेपनि नेपालमा केही गरौं भन्ने उद्देश्यले सुचना तथा प्रविधिको क्षेत्रमा नेपालमा अध्ययनरत ३५, ४० जनालाई रोजगारी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस