कोरोना कहर (अपडेट) : एकैदिन ५ हजार ३ सय ६ को मृत्यु, ७२ हजार नयाँ संक्रमण

अमेरिकामा २४ घण्टामा १ हजार ९ सय ८ जनाको मृत्यु

मंगलबार, ०९ बैशाख २०७७, ०८ : ३४

एजेन्सी । कोरोना भाइरसको संक्रमणले विश्वर एकैदिन ५ हजार ३ सय ६ जनाको मृत्यु भएको छ ।योसँगै मृतकको संख्या १ लाख ७० हजार ३ सय ३७ पुगेको छ । मंगलबार विहान ६ बजेसम्म एकैदिन विश्वभर ७२ हजार ३७२ जना संक्रमित भएका छन् । कूल संक्रमितको संख्या २४ लाख ७८ हजार ९ सय ४७ पुगेको छ ।

कोरोना भाइरसको महामारीले अमेरिकामा २४ घण्टामा थप १ हजार ९ सय ८ जनाको मृत्यु भएको छ ।  योसँगै अमेरिकामा मंगलबार विहान साढे ५ बजेसम्म कोरोना भाइरसले मृत्यु हुनेको संख्या ४२ हजार ४ सय ८३ पुगेको छ। पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ४ सय ४० जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ७ लाख ९२ हजार ७६ पुगेको छ ।

अमेरिकामा संक्रमित मध्ये ७१ हजार ९ सय ४७ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ६ लाख ७७ हजार ६ सय ४६ जनामध्ये १३ हजार ९ सय ४६ को अवस्था गम्भीर रहेको छ । कोरोना भाइरसको महामारीले इटालीमा मृत्यु हुने मानिसको संख्या २४ हजार नाघेको छ । सोमबार थप ४ सय ५४ जनाको मृत्युभएपछि इटालीमा मृतकको संख्या २४ हजार १ सय १४ पुगेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार २ सय ५६ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ८१ हजार २२८ पुगेको छ । इटालीमा संक्रमितमध्ये ४८ हजार ८७७ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ८ हजार २३७ जनामध्ये २ हजार ५७३ जनाको अवस्था गम्भीर रहेको छ । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ३ सय ९९ जनाको मृत्यु भएको छ भने १ हजार ५ सय ३६ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २० हजार ८५२ पुगेको छ । मंगलबार विहान यो समाचार तयार पार्दासम्म २ लाख २१० जना संक्रमित भएका छन् । संक्रमितमध्ये ८० हजार ५८७ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने ९८ लाख ७७१ जना उपचाररत छन् ।

यस्तै फ्रान्समा २० हजार २६५ को मृत्यु भएको छ भने बेलायतमा कोरोनाले मृत्यु हुनेको संख्या १६ हजार ५०९ पुगेको छ । महामारीको सुरुवात भएको चीनमा भने आइतबारयता कसैको पनि मृत्यु भएको छैन । त्यहाँ ४ हजार ६३२ जनाको मृत्यु भइसकेको छ ।

महामारी फैलिएको साढे ३ महिना भन्दाबढी हुँदा पनि औषधि तथा खोपको विकास हुन नसक्दा संसारका कयौँ मुलुकहरु लकडाउनको अवस्थामा छन् भने मृतक र संक्रमितको संख्या बढ्दो छ । कोरोना भाइरस देखिएसंगै चीन लगायत शक्ति राष्ट्रहरुले यसको खोप बनाउन थालेपछि अहिले सम्म सफल भईसकेका छन् । खोप बनाउने वैज्ञानिकहरुले यसको खोप बन्न अझै कैयौ महिना लाग्न सक्ने बताईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस