पाँच मिनेटमै कोरोना संक्रमण भए–नभएको पत्ता लगाउने किटको अन्तिम परीक्षण हुँदै

मंगलबार, ०९ बैशाख २०७७, ०७ : ५९
पाँच मिनेटमै कोरोना संक्रमण भए–नभएको पत्ता लगाउने किटको अन्तिम परीक्षण हुँदै

सांकेतिक तस्वीर

काठमाडौं ।  बेलायतको साउद वालेस विश्वविद्यालयले आधा घन्टाभित्रै कोरोना भाइरस परीक्षण गर्ने किटको विकास गरेको छ । उक्त किटले ठीकसँग काम गर्छ या गर्दैन भन्ने अन्तिम मेडिकल परीक्षण भइरहेको छ ।

त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले भने प्राथमिक चरणमा किटको नतिजा सकारात्मक देखिएको बताएको छ । यसका किसिमका परीक्षण किटहरू अन्य देशहरूमा पनि विकास भइरहेका  छन् ।

लन्डनको नर्विच अनुसन्धान केन्द्रले पनि यस्तै किसिमको परीक्षण किटको विकास गरिरहेको छ । त्यस्तै बेलायतको एक्सटर विश्वविद्यालयले पनि हाल कोरोना संक्रमण भए–नभएको तथा संक्रमण भएर निको भएको वा नभएको दुवै परीक्षण गर्न सक्ने किसिमको किटको विकास गरेको छ । यो किट पनि अन्तिम परीक्षणका क्रममा रहेको छ ।

एक्सटर विश्वविद्यालयको टिमले अहिले बेलायतका एसटी थोमस अस्पतालमा किटको परीक्षण भइरहेको जनाएको छ । परीक्षण किटले सकारात्मक काम गऱ्यो भने परीक्षणको नतिजा पाँच मिनेटमै देखिने विश्वविद्यालयले जनाएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस