लकडाउन उल्लघंन गर्ने १५४४ जना नियन्त्रणमा

सोमबार, ०८ बैशाख २०७७, १८ : २४
लकडाउन उल्लघंन गर्ने १५४४ जना नियन्त्रणमा

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ३ सय ७३ महिला सहित  १५ सय ४४  जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि बेलुका १८:०० बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी  २ सय ८५ वटा दुई पाङ्ग्रे र १३ वटा चारपाङग्रे गरी २ सय ९८ वटा  सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाण्डौबाट सबैभन्दा बढि १ हजार ११ जनालाई नियन्त्रणमा लिएको छ । यसै गरी ललितपुरबाट ४ सय ५१  र भक्तपुरबाट ८२ जनालाई नियन्त्रणमा लिएको छ । 

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्ल
लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनु भयो ।  

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई उहाँले आग्रह गर्नु भयो । साथै यस कार्यालय तथा स्थानिय निकायको समन्वयमा ९१ जना विपन्न मजदुरहरूलाई राहत सामग्री वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस