‘प्लाज्मा थेरोपी’ बाट कोरोना उपचार !

पत्रपत्रिकाबाट

सोमबार, ०८ बैशाख २०७७, ०७ : १०
‘प्लाज्मा थेरोपी’ बाट कोरोना उपचार !

काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९) का बिरामीहरूको उपचारका लागि ‘प्लाज्मा थेरापी’ सुरु गर्न प्रक्रिया थालेको छ । यसअन्तर्गत कोभिड–१९ रोग निको भइसकेका व्यक्तिको रगतबाट ‘प्लाज्मा’ निकालेर कोरोनाले स्वास्थ्यस्थिति जटिल बनेका व्यक्तिमा चढाई उपचार गरिन्छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुलाई ‘प्लाज्मा थेरोपी’ मा कसरी जाने भन्नेबारे गाइडलाइन प्रोटोकल ड्राºट गर्ने जिम्मेवारी दिइएको छ । प्रयोगशालाकी निर्देशक डा.रुणा झाले प्लाज्मा थेरापीमा कसरी अगाडि बढ्ने भन्नेबारे गाइडलाइन, प्रोटोकल आदि ड्राफ्‍ट भइरहेको बताइन् ।

उक्त गाइडलाइनमा प्लाज्मा कति दिनमा निकाल्ने, कुन–कुन ब्लड बैंकमा निकाल्न सकिने, कहाँ–कहाँ स्टोर गर्न सकिनेलगायतका आवश्यक विषयवस्तुबारे उल्लेख गरिएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले उक्त गाइडलाइन सकेसम्म छिटो निर्माण गरेर सोमबार ल्याउन भनेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।