सुलभ अग्रवाललाई थप १० दिन थुनामा राख्न अनुमति

आइतबार, ०७ बैशाख २०७७, १५ : ५७
सुलभ अग्रवाललाई थप १० दिन थुनामा राख्न अनुमति

काठमाडौं । व्यवसायी सुलभ अग्रवाललाई थप १० दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई अनुमति दिएको छ । कालोबजारीको आरोपमा पक्राउ परेका उनको अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय माग गरेपछि प्रशासनले थप समय दिएको हो ।

ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको आरोपमा सुलभ गत चैत २५ गते पक्राउ परेका थिए । 

उनीमाथि अनुसन्धान गर्न यसअघि प्रशासन कार्यालयले पहिलो पटक ७ दिन र त्यसपछि ५ दिन अनुमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस