आर एम सी ग्रूपका राजेस अग्रवालको ठगी धन्दा, बैक ठगी देखी नक्कली सिमेन्ट उत्पादन सम्म

आफ्नोपनि पोल खुल्ने डरले सुलभ छुटाउन दौडधुप

सफल खबर संवाददाता

आइतबार, ०७ बैशाख २०७७, १० : ४८
आर एम सी ग्रूपका राजेस अग्रवालको ठगी धन्दा, बैक ठगी देखी नक्कली सिमेन्ट उत्पादन सम्म

काठमाडौँ । कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका निर्देशक सुलभ अग्रवाल रंगेहात पक्राउ परेपछि आरएमसी ग्रुपका व्यवस्थापक राजेशकुमार अग्रवालको रातको निन्द्रा र दिनको भोक हराएको छ ।
उच्च स्रोतहरूका अनुसार अग्रवाल आफ्नो पनि बिगतदेखिका ठगी धन्दा र लुटको साम्राज्य सबुत सहित बाहिरिने डरले जसरी भएपनि जुनसुकै मुल्य चुकाएर भएपनि सुलभलाई छुटाउन बिभिन्न शक्तिकेन्द्र धाउन थालेका छन् ।

नेपालको ब्यवसाय  मारवाडी समुदायको कब्जामा रहेको छ । देशमा हुने आयात, निर्यात र उत्पादनमा यिनीहरू नै अगाडि रहेका छन् । गुणस्तरहीन सामग्री उत्पादन गर्ने, कार्टेलिङ् गर्ने र जथाभावी आफुलाई फाईदा हुने हिसाब राखेर ठूलो मात्रामा राजस्व छली गरी राज्यलाई लुट्ने पनि यिनै मारवाडीहरू हुन् । यसमध्ये पनि सुलभ अग्रवाल र राजेशकुमार अग्रवाल सबैभन्दा अगाडि रहेको मारवाडी ब्यवसाहीहरूकै दाबी छ ।

कर्मचारी र उच्च स्तरका राजनेताहरूलाई करोडौँ बुझाएर अर्बौं लुट्ने काममा यि दुवैजना बिगतमा पनि पटक पटक चर्चामा आइरहने पात्र हुन् । हाल नेपाली बजारमा कालोबजारी गर्ने र कार्टेलिङ् गरेर गुणस्तरहीन बस्तु उत्पादन गरेर लुटको साम्राज्य खडा गर्ने राजेश र सुलभ अत्यन्तै नजिकका मित्र हुन् । यी दुबै उद्योगीहरूको छाता संगठन नेपाल उद्योग परिसंघका उपाध्यक्ष समेत छन् ।

के के छन् त राजेश अग्रवालका लुट मच्चाउने धन्दा ?
श्रवणकुमार अग्रवालका छोरा राजेशकुमार अग्रवाल आरएमसी ग्रुप अन्तर्गतको आरएमसी सिमेन्ट, आरएमसी जस्तापाता, आरएमसी पाइपको कारोबारमा संलग्न छन् । यसका अलावा ठूलो मात्रामा बस्तु आयात र निर्यात गर्ने ब्यापारीमा पर्दछन् ।
हालै उनले पाल्पामा तानसेन ब्रान्डको सिमेन्ट उत्पादन गरी बजारमा ल्याएका छन् । तानसेन सिमेन्टको नाममा उनले गुणस्तरहीन सामग्री प्रयोग गरी सस्तो मुल्यको प्रचार गरेर गुणस्तरहीन सिमेन्ट बिक्री गरेर आम नागरिकलाई ठगी गरिरहेका छन् । अन्य सिमेन्ट उत्पादक कम्पनीहरू तानसेनले गुणस्तरहीन सिमेन्ट उत्पादन गरेर उपभोक्तालाई ठगिगरिरहेको भन्दै यसो गर्नु ब्यावसायिक मर्यादाभित्र नपर्ने र यो सोझै कालोबजारी भएको बताउँछन् ।

तानसेन सिमेन्टले गुणस्तर कायम नगरेकाकारण ठूला आयोजनाहरूले प्रयोगशालाबाट प्रमाणीकरण नगरेको भन्दै  ठूला आयोजनाहरूमा तानसेननसिमेन्ट प्रयोगमा आउन सकेको छैन ।बुटवल नारायणगढ सडक आयोजना ,सिक्टा सिंचाई आयोजना ,जलविद्युत आयोजनाहरूमा आफ्नो सिमेन्ट सर्टिफाइ गरिदिन अग्रवालले ठूलो रकमको अफर र शक्तिकेन्द्रको दवाब दिदासमेत पास हुन सकेको श्रोतको भनाई छ ।  

ति आयोजनाका प्राबिधिक इन्जिनियरहरूले तानसेन सिमेन्ट कुनैपनि साना ठूला  आयोजनामा प्रयोग गर्न लायक नै छैन ।यो सिमेन्टले सस्तो मुल्यमा बेचेर उपभोक्ता त ठगेकै छ यसले निर्माण क्षेत्रलाइ पनि असुरक्षित बनाएको छ ।तानसेन सिमेन्ट प्रयोग गरी निर्माण गरिएका घरहरूमा दिनानुदिन समस्याहरू आइरहेका छन्।बनेका धरहरू भत्कने चर्कने प्लाष्टर ढलान हरू फूट्ने भत्कने गरेका छन् । गलत गुणस्तरको सिमेन्ट बिक्री गरी नागरिकको घर बिगारी असुरक्षा निम्त्याउने सिमेन्ट उत्पादन गर्ने उद्योगलाइ सरकारले किन बन्द गर्दैन ? निर्माण क्षेत्रका  प्राविधिक तथा सरोकारवालाहरुले प्रश्न गरिरहेका छन् ।

राजेश ग्रूपको कालोबजारी र ठगी पुस्तौनी पेसा नै हो । यसै गरेर उनी अर्बपति भएका हुन् । उनको नकारात्मक चर्चा हामी गर्नै सक्दैनौँ । किनकी उनी पैसा, पावर सबै कोटकै खल्तीमा राखेर हिँड्छन्, उनका एक पूर्ब ब्यावसायिक साझेदारले सफल खबरलाई बताए । राजेशका बाबुको पालादेखि फस्टाएको आरएमसी ग्रूप हालसम्म आइपुग्दा ठूलो मघ्यको एक व्यापारिक घराना बनिसकेको छ । पटक पटक कर छली र कालोबजारीमा मुछिएको ब्यावसायिक घराना गुणस्तरहीन सामग्री उत्पादन र निर्माण सामग्रीको कार्टेलिङ्ममा कुख्याती कमाएको छ । ठूला करदाता कार्यालयका एक उच्च अधिकारीसँग आरएमसी ग्रूप र राजेश अग्रवालको पारदर्सिताको बिषयमा जिज्ञासा राख्दा यस समुहको कारोबार ,स्रोत, आम्दानी र लगानी प्रष्ट नरहेको भन्दै शक्तिकेन्द्रको भनसुन र दवाबमा अबको छानबिन नरोक्ने बतायो । ठूला ब्यावसायिक घराना र मारवाडी समुदायको गतिबिधी सुलभ अग्रवाल प्रकरणले थप संकेत गरेको भन्दै बिभाग गम्भीर भएको राजस्व बिभागका एक सहसचिबले सफलखबरलाई बताए ।

बिगतको संविधान सभा सदस्यमा मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई मोटो रकम बुझाएर माननीय बनेका राजेशका बाबु श्रवणकुमार अग्रवाल एचएमबी बैंकका तत्कालिन अध्यक्ष थिए । उनकै संलग्नतामा करौडौको गुड फर पेमेन्टको चेक प्रकरणपछि बैंक नै डुब्ने अवस्थामा पुगेपछि उक्त बैंक भिबोर बिकास बैंकमा बिलय भएको थियो । भिबोर पनि मर्ज भई हाल लुम्बिनी बिकास बैंकको नाममा संचालनमा रहेको छ ।

राजेशकुमार अग्रवाल एक बर्ष अगाडिसम्म लुम्बिनी बिकास बैकको संचालक रहेका थिए । उनका गतिबिधिहरू बैंक बनाउनेभन्दा डुबाउनेमा केन्द्रित हुन थालेपछि उनलाइ निकालिएको बैंक स्रोतले बताएको छ ।
श्रवण मोटो रकम खर्चिएर संबिधान सभामा जानु आफूले बिगतमा गरेका अनियमितता,करछली लगायतका पेन्डिङ् फाइलहरू मिलाउने निहित उद्देश्य रहेको र त्यसमध्ये केही पुरा भएपनि धेरै बॉकिरहेको जानकारहरू बताउँछन् । एचएमबी बैंक गुड फर पेमेन्ट चेक प्रकरण यति लामो समयसम्म किन छानबिनको दायरामा नआएको  भन्ने सिआइबी उच्च स्रोतसंगको सफलखबरको प्रश्नमा सिआइबी स्रोतले भन्यो, बिषय टुंगिएको हैन, ढिलोचाहिँ अवश्य भएको हो भन्दै अब छिट्टै अगाडि बढ्ने बतायो ।

कर छली, कालोबजारी, गुणस्तरहीन निर्माण सामग्री उत्पादन र कार्टेलिङ्हुँदै कालोबजारी प्रकरणमा रंगेहात समातिएका सुलभ अग्रवाललाई छुटाउन दौडधुप किन भन्ने प्रश्नमा राजेशकुमार अग्रवालले बैंकको केस पुरानो भएको  भन्दै कालोबजारी र राजस्व छली सम्बन्धी कुनै जवाफ नदिई त्यसो नगरिदिनुस् भन्ने गैरजिम्मेवार जवाफ दिएका छन् । यसले प्रष्ट पारेको छ कि आरएमसी ग्रुप र राजेशकुमार अग्रवाल लुटकै धन्दामा लाग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस