शौच गर्न निस्केकी १० बर्षिया बालिका बलात्कृत

आइतबार, ०७ बैशाख २०७७, ०८ : ५८
शौच गर्न निस्केकी १० बर्षिया बालिका बलात्कृत

रौतहट । लकडाउन भएयता रौतहटमा ३ वटा बलत्कारका घटना भएका छन । पछिल्लो समय शौच गर्न निस्किएकी एक बालिका बलत्कारको शिकार बनेकी छिन् । रौतहटको फतुवा बिजयपुर नगरपालिका वाड नं. ५ मा ५५ बर्षिय पुुरुषले १० बर्षिया बालिकालाई बलात्कार गरेका हुन् ।

५५ बर्षिय वारीस अन्सारीले सुुस्त मन्स्थिीतीकी एकजना १० बर्षिया बालिकालाई शौच गर्न निस्केको मौका पारी बलात्कार गरेका हुन । बिहिवार राती पिसाव फेर्न बाहिर निस्केका ५५ बर्षिय अन्सारीले बालिकालाई  ललाई फकाई आफुु सुत्ने गोठमा लगेर करणी गरीरहेकै अवस्थामा बालिकालाई खाज्दै गएकी पिडिताकी आमाले रंगैहात पक्राउ गरेकी थिईन् ।

तर पिडितकी आमालाई धक्का दिएर आरोपी अन्सारी फरार भएका थिए । लगतै पिडिताकी आमाले गरेको खबरको आधारमा ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रहरी निरिक्षक चन्द्रकिशोर साहको कमाण्डमा गएको टोलीले गाँउको घेरा हालेर खोजी सुुरु गएको थियो ।

घटनाको झण्डै ३ घन्टा पछि गाँउकै एकघरमा लुकेर बसेको अवस्थामा बिहान ३ बजे बलात्कारका आरोपी अन्सारीलाई पक्राउ गरेको प्रहरी निरिक्षक साहले जानकारी दिएका दिए । पिडित बालिका र पिडकको शुक्रबार जिल्ला अस्पताल गौरमा स्वास्थ परिक्षण भएको प्रहरीले जनाएको छ ।

पिडित बालिकाको बाबुले दिएको जाहेरीको आधारमा जबरदस्ती करणी बारे मुद्धा दर्तागरी जिल्ला अदालत गौर बाट ५ दिनको म्याद थमाएर अनुुसंधान तथा कार्वाही प्रकृया अगाडी बढाईएको प्रहरी निरिक्षक साहले जानकारी दिएका छन । यस अघि पनि सोही नगरपालिकामा र कटहरिया नगरपालिकामा बालिकाहरु बलत्कारका शिकार भएका थिए ।