काठमाडौं । तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङको तेलियाखोलाको आहालमा पौडी खेल्ने क्रममा दुई बालक शनिबार अपराह्न डुबेर बेपत्ता भएका छन् ।
घरबाट एक घण्टा टाढाको दूरीमा रहेको तेलिया खोलाको गहिरो आहालमा पौडी खेल्न गएका छ बालबालिकामध्ये १२ वर्षीया एलिना विश्वकर्मा र ११ वर्षीय सरोज विश्वकर्मा डुबेर बेपत्ता भएको शुक्रबारे प्रहरी चौकीका प्रमुख रमेश वनले बताउनुभयो ।
धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका दियाले घर भएकी एलिना तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङस्थित मावली घरमा बस्दै आएकी थिइन् । डुबेर बेपत्ता भएका दुवैको घटनास्थलमा खोजी भइरहेको वडाध्यक्ष कुलबहादुर कार्कीले बताउनुभयो । आहाल गहिरो भएकाले बेपत्ताको खोजीमा समस्या भएको वडाध्यक्ष कार्कीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०७ बैशाख २०७७, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जब एकाएक बालेन शाहको कम भोट घोषणा भयो
हेटौंडामा गठबन्धनको अग्रता कायमै
भरतपुरमा रेनु दाहालले बनाइन् २१९८ मतको अग्रता
सबै महिलालाई निःशुल्क सेनेटरी प्याडको व्यवस्था गर्ने सरकारको तयारी
३३७ मतले रेनु दाहालको अग्रता
हेटौँडामा ४८ मतले राप्रपा अगाडि