लन्डन । गत महिना मार्च २३ तारिखबाट बेलायतमा शुरु गरिएको तीन हप्ता लामो लकडाउनको अवधि बिहीबारबाट पुन तीन हप्ताको लागि थप गरिएको छ ।
गत सोमबारदेखि नै तीन हप्ते लकडाउनको समयसीमा सकिएपनि निरन्तर रुपमा लकडाउन जारी राख्न सरकारले निर्देशन दिएको थियो । मृत्युदर र संक्रमित संख्यामा नियन्त्रण नभएपछि लकडाउनको अवधि पुन तीन हप्ताको लागि थपिएको हो ।
‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जारी गरेको तथ्यांकअनुसार बिहीबारमात्र बेलायतमा थप ४ हजार ६ सय १७ जना संक्रमित भएका छन् । यसैगरी बिहीबारको जारी तथ्यांक अनुसार कोरोनाका संक्रमणका कारण गएको २४ घन्टामा अस्पतालमा थप ८ सय ६१ जानले ज्यान गुमाएका छन् ।
विगत केहि दिनको तुलानामा कोरोनाबाट मृत्यु हुनेको संख्या केहि बृद्दी भएको हो । अहिलेसम्म बेलायतमा मात्र कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ हजार ७ सय २९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत
प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायतको घोषणा
बेलायतको संसदीय अभ्यासबारे अनुभव आदानप्रदान गरी लगानी प्रवर्द्धन गरिने
‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’
बेलायतमा शरण खोज्ने आप्रवासीको संख्यामा वृद्धि
नेपालमा जन्मेका सारु बेलायतको ननिटन बेडवर्थ बरोुको मेयर निर्वाचित