कोरोना कहर : (बुधबार) बितेको २४ घंटामा करिब ८ हजारको मृत्यु, ८४ हजार भन्दा बढी संक्रमित

विहीबार, ०४ बैशाख २०७७, ०९ : ३८
कोरोना कहर : (बुधबार) बितेको २४ घंटामा करिब ८ हजारको मृत्यु, ८४ हजार भन्दा बढी संक्रमित

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट दिन प्रति दिन संक्रमणसँगै मृत्यु दर पनि बढ्दै गएको छ । । संक्रमण फैलिरहेका देशहरुले यसको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न उपायहरु अपनाएपनि त्यो रोकिन सकेको छैन् । बितेको पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ५९ जनाको मृत्यु भएको छ । ८४ हजार ४ सय ६९ नयाँ संक्रमित फेला परेका छन् ।

योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभरि १ लाख ३४ हजार ५ सय ६० पुगेको छ । २० लाख ८२ हजार ३ सय ७२ जना संक्रमित छन् । जसमध्ये ५ लाख १० हजार ४६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिले विश्वका विभिन्न अस्पतालमा १४ लाख ३७ हजार ७६६ को उपचार भइरहेको छ । उपचाररतमध्ये ५१ हजार १६० को अवस्था गम्भीर छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वका २ सय १० देशमा फैलिएको छ । सबैभन्दा बढी संक्रमण र मानवीय क्षति अमेरिकामा पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा बिहीबार बिहान सम्म २ हजार ४ सय ७० जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या २८ हजार ५ सय १५ पुगेको छ ।

अमेरिकामा एकैदिन ३० हजार १ सय ४२ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ लाख ४४ हजार २५ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ४८ जार ६ सय७९ जना उपचारपछि निको भएका छन् । १३ हजार ४ सय ७८ जनाको अवस्था गम्भीर रहेको छ । ५ लाख ६६ हजार ८ सय २९ जना उपचाररत छन् ।

इटालीमा भने ज्यान गुमाउनेको संख्या २१ हजार ६७ पुगेको छ । इटालीमा एकैदिन ५ सय ७८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २१ हजार ६ सय ४५ पुगेको हो । इटालीमा बुधबार २ हजार ६ सय ६७ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ६५ हजार १५५ पुगेको छ । इटालीमा संक्रमितमध्ये ३८ हजार ९२ जना उपचारपछि निको भएका छन् । ३ हजार ७९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । १ लाख ५ हजार ४ सय १८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ३८ जनाले ज्यान गुमाएका छन् । यो हिजोको तुलनामा झण्डै दोब्बर हो । हिजो ७ सय ६२ जनाले ज्यान गुमाएका थिए । योसंगै फ्रान्समा मृत्यु हुनेको संख्या १७ हजार १ सय ६७ पुगेको छ ।  ४ हजार ५ सय ६० जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १ लाख ४७ हजार ८ सय ६३ पुगेको छ ।

फ्रान्समा संक्रमितमध्ये ३० हजार ९ सय ९५ जना उपचारपछि निको भएका छन् । ६ हजार ४ सय ५७ जनाको अवस्था गम्भीर रहेको छ भने ९९ हजार ७ सय ४१जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ५ सय ५७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १८ हजार ८ सय १२ पुगेको छ ।स्पेनमा एकैदिन करिव ६ हजार ६ सय जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ८० हजार ६५९ पुगेको छ भने ७० हजार ८५३ जना उपचारपछि निको भएका छन् । 

प्रतिक्रिया दिनुहोस