सुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न अनुमति

मंगलबार, ०२ बैशाख २०७७, १६ : ००
सुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । जगदम्बा समूहका सुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ । ज्वरो नाप्ने थर्मल गन कालोबजारीको आरोप उनीमाथि छ ।

यसअघि प्रशासन कार्यालयले दिएको ७ दिनको समय आज मंगलबार नै सकिएको छ । पाँच हजार रुपैयाँमा पाइने थर्मल गन १५ हजार रुपैयाँसम्ममा बिक्री गरेको पाइएपछि प्रहरीले उनलाई काठमाडौंको नक्शालबाट पक्राउ गरेको थियो ।

हिरासतमा राखेर अनुसन्धान गर्न अपराध अनुसन्धान महाशाखाले थप समय माग गरेपछि जिल्ला प्रशासन कार्यालयले ५ दिनको समय दिएको हो ।

प्रतिक्रिया दिनुहोस