कतार एयरवेजको फ्लाइटबाट चैत ५ मा नेपाल आएका थिए सनसिटीमा रहेका कोरोना संक्रमित

मंगलबार, ०२ बैशाख २०७७, १४ : ५१
कतार एयरवेजको फ्लाइटबाट चैत ५ मा नेपाल आएका थिए सनसिटीमा रहेका कोरोना संक्रमित

काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा रहेका कोरोना संक्रमित दुई जना चैत ५ गते कतार एयरवेजको फ्लाइटबाट नेपाल आएको खुलेको छ ।

प्रहरीका अनुसार उनीहरु कतार एयरवेजको फ्लाइट नम्बर ६४४ मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । विमानमा १ सय ५३ जना यात्रु सवार थिए ।

यात्रुको सूची मगाएर सबैलाई क्वारेन्टाइनमा राख्ने तयारी प्रहरीले गरिरहेको छ । 

प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार, उक्त विमानबाट आएका धेरै  यात्रुहरु बाहिर पुगिसकेका छन् । त्यसैले प्रहरीले खोजी थाल्नुभन्दा पहिले आफू बसेको स्थानमा रहेका प्रहरीसँग सम्पर्क गर्ने नक्सालले आग्रह गरेको छ ।